Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५८:३४ बिहान
- ADVERTISEMENT -

त्रिविका कर्मचारीको दबाबपछि नेविसंघले खोल्यो २ ठाउँका ताला, ५ ठाउँमा जारी

प्रकाशित मिति: २०७९ असोज २, आइतबार

551
Shares

काठमाडौँ — कर्मचारीको चौतर्फी दबाबपछि नेविसंघले त्रिभुवन विश्वविद्यालयको आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला आईतबार खुलाएको छ ।नेविसंघले असार २७ गते यी महाशाखा सहित रजिष्ट्रार कार्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डीन कार्यालयमा तालाबन्दी गरेको थियो ।

साउन १२ गते देखि उपकुलपति कार्यालयमा गरिएको तालाबन्दी पनि जारी छ । परीक्षामा हुबहु प्रश्नपत्र सोध्नेलाई कारबाही हुनुपर्ने र समयमा नै नतिजा सार्वजनिक हुनुपर्ने लगायत माग अघि सार्दै नेविसंघले तालाबन्दी गरेको हो 

तालाबन्दीका कारण कर्मचारीले दुई महिनादेखिको तलब सुविधा समेत पाउन सकेका छैनन् भने विश्वविद्यालयको आर्थिक कारोबार ठप्प भएको छ । कर्मचारी संघसंगठनले चाडपर्वको मुखमा तालाबन्दी नखुलाए फुटाई दिने चेतावनी दिएका थिए । महाशाखा प्रमुखहरुले पनि विज्ञप्ति निकालेर तालाबन्दी खोल्न आग्रह गर्दै आएका थिए ।

महाशाखा प्रमुखहरु सँग वार्ता गर्न गएका नेविसंघका नेता कार्यकर्तालाई आईतबार कर्मचारीले विरोध स्वरुप घेराबन्दी समेत गरे । नेविसंघ कार्यकर्ता श्यामराज ओझा लगायत वार्तामा गएका थिए । ओझाले तालाबन्दीका कारण कर्मचारी मर्कामा परेकाले खुलाईएको बताए । विश्वविद्यालय सुधारका लागि आफूहरुले आन्दोलन गरेको उनको भनाई थियो । ताला खुलेपछि महाशाखा प्रमुखहरुले नेविसंघलाई धन्यवाद दिएका छन् । अन्य ५ निकायमा गरिएको तालाबन्दी भने जारी छ ।

नेविसंघ त्रिवि इकाई पूर्वसभापति हरि आचार्य र पूर्वसचिव योगेन्द्र रावल समुहले २०७७ सालदेखि नै त्रिविमा पटक/पटक तालाबन्दी गर्दै आएको छ । उनीहरु भने वार्तामा सहभागी थिएनन् । आचार्य र रावलमाथि उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गरेको आरोपमा अदालतमा मुद्दा विचाराधीन छ । गतसाता नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले त्रिविका नेविसंघका सबै कमिटी भंग गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -