गोरखा : गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिकामा आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

बोर्लाङ नारायाणपुरमा अवस्थित जनचेतना युवा कल्वको प्रमुख आयोजना रहेको उक्त आँखा शिविरमा ९८० जनाको निशुल्क चेकजाँच भएको थियो ।
१२ दिन सम्म चलेको उक्त शिविरमा ११८ जनाको निशुल्क आखाको अप्रेसन समेत गरिएको जनचेतना युवा कल्बका अध्यक्ष राजु अर्यालले जानकारी दिएका छन ।

भरतपुर आँखा अस्पताल र नेत्र संघ गोरखाको सहयोगमा र भिमसेनथापा गाउपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको अध्यक्ष अर्यालले जानकारी दिए ।

निशुल्क आँखा शिविरको कार्यक्रम सङसङै फेरि अर्को स्वास्थ्य शिविर लिएर फेरि स्थानीय तहमा जाने अर्यालले बताएका हुन ।









































