काभ्रे जिल्ला मण्डन देउपुर नगरपालिकाको कुन्ता बेशीकि छोरी सोनाली सापकोटा मिस ईन्टरग्लोवलमा सहभागी हुन नाइजेरिया जाने भएकी छन ।
नेपालको पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारमा योगदान दिने उदेश्य लिएर उनी यो प्रतिस्पर्धामा सहभागी हुने भएकी हुन् । हाल नेपालको सुस्ताएको पर्यटन क्षेत्रको प्रचार प्रसार , प्रवर्द्धन गर्ने उदेश्यले आउदो २०२२ को सेप्टेम्बर २८ बाट हुने मिस ईन्टरग्लोवलमा सहभागी हुन नेपालको तर्फबाट प्रतिनिधित्व गर्न उनी नाइजेरिया जाने भएकी हुन ।
आफ्नो मेहनत , कला र सृजना माध्यमबाट नेपालको पर्यटन र संस्कृतीको अन्तर्राष्ट्रिय मंचमा प्रचार प्रसार साथै आफु जन्मेको नगर मण्डन देउपुरको पर्यटनमा योगदान दिने उनले वाचा गरेकी छिन ।
जन्मभुमिलाई चिनाउने महान कार्यमा आफुलाई समर्पित गर्ने पनि उनले जनाएकी छिन । सानै देखी मिहिनेती ,लगनशील अनि नृत्यकलामा उत्तिकै पारङत छिन , वाककलामा माहिर उनको मधुरस्वरले सबैलाई उत्तिकै मुग्ध देखिन्छ ।








































