Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१०:२९:१० बिहान
- ADVERTISEMENT -

तीनकुने जग्गामा विवादमा विद्या-माधव ‘कनेक्सन’

प्रकाशित मिति: २०७९ असोज २, आइतबार

798
Shares

काठमाडौं, असोज २ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि तीनकुने जग्गाको समस्या समाधान नगरेको आरोप लगाए ।

शनिबार उनले राष्ट्रपति र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगरेको आरोप लगाउँदै कुन मुख लिएर जनातामाझ मत माग्न जानुहुन्छ भन्दै प्रश्न गरे ।
५० वर्षयता धेरैले देशको शासन सत्ता चलाएर तर मेयर बालेनले आखिर किन माधव नेपाल र विद्या भण्डारीमाथि मात्र आरोप लगाए भन्ने चासो देखिएको छ ।

तीनकुने जग्गामा विद्या–माधव साइनो

तीनकुनेको खाली स्थान पछिल्लो झण्डै ५० वर्षयता त्यही स्वरुपमै रहेको छ । मानिसहरुलाई घाम ताप्ने, साधन सिक्ने र कतिपय दुव्यसनीको अखडा बनिरहँदा पनि सरकारले त्यहाँ कुनै संरचना बनाउन सकेको छैन । यसअघि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले पार्क बनाउने योजना अघि सारेको भए पनि कुनै काम हुन सकेन । तीनकुनेमा करिब दुई अर्बको लगानीमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने योजना महानगरले अघि सारेको थियो । तर, सरकारले मुआब्जा विवाद समाधान गर्न नसक्दा महानगरको योजना अलपत्र परेको थियो ।

वर्तमान मेयर शाहले पछिल्लो समय सार्वजनिक सरोकारका विषयमा चासो लिइरहेका छन् । पुरिएको टुकुचा खोज्ने, अवैध संरचना भत्काउन काम गरिरहेका शाहको अवको ध्यान तीनकुने तर्फ रहेको संकेत उनले गरेका छन् । यसमा उनले अहिले सत्तामा रहेका माधव नेपाल र राष्ट्रपतिबाट बिदा हुने तयारीमा रहेकी विद्यादेवी भण्डारीलाई तीनकुने जग्गाको समस्या समाधानमा काम नगरेको आरोप लगाएका हुन् ।

तीनकुने क्षेत्रसमेत रहेको तत्कालीन काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा एमाले महासचिव मदन भण्डारीले चुनाव जितेका थिए । २०४८ सालमा तीनकुने जग्गा मुआब्जा विवाद आफूले चाँडै टुंगोमा पुर्‍याउन पहल गर्ने बताएका थिए । उनी निर्वाचित भए । तर त्यसको केही समयमा नै उनको दासढुंगा दुर्घटनामा मृत्यु भयो ।

भण्डारीको मृत्यु भएपछि तीनकुने रहेको सहितको निर्वाचन क्षेत्रबाट मदन पत्नि विद्यादेवी भण्डारीले चुनाव जितन् । उनले पनि सांसदको हैसियतमा समस्या समाधानमा पहल नगरेको आरोप बालेनको छ ।

पछिल्लो पटक पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तीनकुनेसमेत रहेको काठमाडौं क्षेत्रनम्बर २ बाट चुनाव जिते । उनी सत्तारुढ दलका एक शीर्ष नेतासमेत हुन् । मंसिर ४ मा आउन २ महिना बाँकी रहेकाले समस्या समाधान गर्न बालेनले आग्रह गरेका छन् ।

तीनकुनेको समस्या के हो ?

तत्कालीन पञ्चायत सरकारले २०३१ सालमा तीनकुनेमा जग्गा अधिग्रहण गरेको थियो । पञ्चायत स्मारक बनाउनको लागि उक्त जमिन अधिग्रहण गर्ने निर्णय गरेको थियो । तर स्थानीयले भने मुआब्जा कम दिएको भन्दै छाड्न मानेनन् ।

५३ रोपनी जमिन रहेको तीनकुनेमा सरकारले २१ रोपनीको जग्गाधनीलाई मुआब्जा वितरण गरेको छ । तर, २५ रोपनी जग्गाको मुआब्जामा भने विवाद देखिएको छ । जग्गा धनीले चलनचल्तीको मूल्यअनुरुप मुआब्जा दिनुपर्ने भन्दै लिन अस्वीकार गर्दा समस्या भएको आजको राजधानी दैनिकमा खवर छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -