नेपालगञ्ज – लगातारकाे वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेको छ ।
नदीमा पानीको सतहले खतराको तह पारगरेपछि प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सकर्त रहन आग्रह गरेको छ ।
लगातारको वर्षाले राप्ती नदीमा बिहान ९:४० बजे ६:२२ मिटर पानीको तह पुगेको छ । नदीमा ५ मिटर पानी पुग्दा सतर्कता अपनाउन आग्रह गरिन्छ भने ५:४ मिटर पुगेपछि खतराको तह मान्ने गरिन्छ ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नदीमा पानीको तह बढ्ने क्रम जारी रहेकाले अपरान्ह चार बजेसम्म तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी खत्रीले नदीमा दाउरा छोप्न, नुहाउन, माछा मार्न नजान आग्रह गरेका छन् ।
भारतले राप्ती नदीमा एकतर्फी बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण नदीको प्राकृतिक बहाव रोकिदा वर्षौदेखि नेपाली भूमि डुवान, कटान र पटानमा पर्दै आएको छ ।








































