Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४५:२९ बिहान
- ADVERTISEMENT -

अनशन थालेको ४ दिनमै डा. केसीको स्वास्थ्य ‘जटिल’ अवस्थामा

प्रकाशित मिति: २०७९ भदौ ३०, बिहीबार

329
Shares

धनगढी । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै गएको सोमबारदेखि अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । कैलालीको धनगढीमा २० औँ अनशन थालेको चौँथो दिनमै डा. केसीको स्वास्थ्यमा समस्या देखिन थालेको हो । 

धनगढीस्थित कृष्ण मन्दिरबाट अनशन थालेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । गएरातिदेखि उनलाई अस्पतालको क्याबिनमा राखिएको छ ।

डा. केसीका सहयोगी अमृत जैशीका अनुसार केसीको अवस्था जटिल बन्दै गएको छ । “सुगर लेबल कम भएको छ । सास फेर्न समस्या भइरहेको छ,” उनले भने,”शारीरिक स्वास्थ्य कमजोर हुँदा मांसपेशीमासमेत समस्या देखिएको छ ।”

डा. केसीले उपचार गराउन मानिरहेका छैनन् । स्वास्थ्य अवस्था निकै कमजोर भएपनि उनले शरीलाई तागत दिने कुनै औषधि लिन नमानिरहेको जैशीले बताए ।

आज (बिहीबार) १२ बजेदेखि भने उनलाई नर्मल स्लाइन दिन सुरु गरिएको छ ।

Dr. Gobinda KC1663237801.jpg

उनको स्वास्थ्य रेखदेखमा वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरको टिम खटिएको छ । उनका अनुसार लामो समयसम्म पानीबाहेक अन्य खानेकुरा नखाँदा डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन् ।

डा. केसीमा राति सुत्न नसक्ने, छिनछिनमा पिसाब लाग्ने, मांसपेशी अत्यधिक दुख्ने, बोल्नमा समस्या हुने जटिलता देखिएको उनको रेखदेखमा रहेका डा. अमृत जैशीले बताए ।

“उहाँमा मांशपेसी दुख्ने, बटारिने समस्या देखिन थालेको छ । राति राम्रोसँग सुत्न पनि सक्नुभएको छैन,” उनले भने ।

डा. केसीले शुद्ध पानीबाहेक अरू केही खान मानिरहेका छैनन् । पटकपटक अनशन बस्दा र बढ्दो उमेरका कारण उनको स्वास्थ्यमा जटिल समस्या देखिनसक्ने चिकित्सकहरूको चिन्ता छ ।

चिकित्सा शिक्षा सुधारका लागि भनेर डा. केसी पटकपटक अनशन बस्दै आएका छन् । विगतमा देशका विभिन्न क्षेत्रबाट अनशन बसेका डा. केसीले यसपटक सात बुँदे माग राखेर धनगढीबाट अनशन थालेका छन्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -