Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०९:१० बिहान
- ADVERTISEMENT -

लोसपाको गठबन्धन एमालेसँग हुन्छः लक्ष्मणलाल कर्ण

प्रकाशित मिति: २०७९ भदौ ३०, बिहीबार

270
Shares

काठमाडौं, ३० भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टी नेकपा एमालेसँग सहकार्य गर्ने पक्षमा रहेको बताएका छन् । “सुरुमा हामीले कांग्रेससँग मिलेर जाने भनेका थियौं ।

तर कांग्रेसले एक सिट पनि दिएको थिएन । सँगै जाऊँ मात्र भनेको हो । अहिले हामी एमालेसँगको कुराकानीमा गरिरहेका छौं । त्यसो परिणाम दुई-चार दिनमा आउँछ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले भने । उनले एमालेसँग कुरा मिल्ने विश्वास समेत व्यक्त गरे ।


लोसपा नेता कर्णले एमालेसँग सिटको कुरा नभएको पनि बताए । उनले भने, “अहिले यति उति सिट भनेर निश्चित भएको छैन । हामीले यति सिट देऊ पनि भनेका छैनौं । जहाँ एमालेले जित्छ, त्यहाँ एमाले उठ्छ । जहाँ हामीले जित्छौं, त्यहाँ हामी उठ्छौं । अहिले हामी कहाँ कहाँ जित्न सक्छौं भनेर विश्लेषण गर्दैर्छौं ।” मधेस प्रदेशमा मात्र होइन देशभरि नै तालमेल हुने पनि उनले औंल्याए ।


संसद्बाट दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्ने विश्वास समेत उनले व्यक्त गरे । कर्णले भने, “मुलुकमा नागरिकता नपाउनेको ठूलो समस्या बुझेर राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुन्छ भन्ने आशा छ । राष्ट्रपतिले संविधान नमान्ने कुरा आउँदैन । संसद्ले दोस्रो पटक पठाएपछि प्रमाणीकरण गर्नुपर्ने बाध्यता हुन्छ । अन्यथा यो संविधानको कोही माईबाप रहेछ भन्नुपर्ने हुन्छ । संविधान राष्ट्रपतिले नमान्ने, अदालतले नमान्ने भएपछि कसले मान्छ ?”


साथै उनले चीनले यतिका समयसम्म किन नाका बन्द गरेको भन्ने यथोचित कारण दिन सक्नुपर्ने पनि औंल्याए । उनले थपे, “यहाँ भारतले गर्दा तौबा तौबा हुन्छ । चीनले गर्दा कोही पनि बोल्दैन । यतिका वर्ष नाका किन बन्द गरेको, चीनले कारण दिनुपर्छ । बहाना गरेर बाटो रोक्नु राम्रो होइन ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -