गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका वडा न २ मा ६१ फिट अग्लो झण्डा राखिएको छ । वडा नं – २ मा अवस्थित सिद्धकाली मन्दिर परिसरमा उक्त नेपालको झण्डा राखिएको हो ।

उक्त स्थानको उचाई ११९० मिटर रहेको छ । सामाजिक संजाल फेसबुकमा उक्त वडाका वडा अध्यक्ष नारायण भट्टराईले तस्वीर पोस्ट गर्दै ,” एउटा योजना सफल भएको जानकारी गराएका हुन । ”
उनले संजालमा लेख्दै ,” यो योजना बनाउनको लागि बजेट विनियोजन गर्ने गण्डकी प्रदेशका पुर्व भौतिक तथा पुर्वाधार मन्त्री रामशरण बस्नेतलाई धन्यवाद दिएका छन । ” उनले पुर्व गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे , निर्माण समितिमा काम गर्ने सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद दिएका हुन ।

कुल १७ लाख लागतमा निर्माण भएको उक्त झण्डाको निर्माण समितीमा नारायण लामिछाने , कमल भट्ट , विमला लामिछाने , उत्तम लामिछाने , विश्वोजित लामिछाने लगायत रहेको अध्यक्ष भट्टराईले बताएका हुन ।
यो झन्डा गोरखा जिल्लाको सबै भन्दा अग्लो स्थानमा राखिएको झण्डा हो । यश भन्दा अघि गोरखाको पालुङटार लिगलिगकोटमा जिल्लाकै अग्लो झण्डा राखिएको थियो ।

आज नै उक्त झण्डाको वडा अध्यक्ष भट्टराईले उदघाटन गरेका छन ।
भिडियो सहित https://www.facebook.com/100001155633471/videos/758648708773048/








































