Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५६:५५ बिहान
- ADVERTISEMENT -

डेंगु नियन्त्रण गर्न राष्ट्रियसभाका सांसदहरूकाे माग

प्रकाशित मिति: २०७९ भदौ २९, बुधबार

308
Shares

काठमाडाैँ- राष्ट्रियसभाका सांसदहरूले महामारीको रूपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन्।

बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे।

उनले मिटरब्याजीहरूबाट पीडितलाई राहत दिनुको साटो सरकारले सुरक्षाकर्मी लगाएर दमन गर्ने काम गरेको भन्दै आपत्तिसमेत जनाए।

सांसद दाहालले भने, ‘मिटरब्याजीहरूले आम जनतालाई ठगी गरिरहेको कुरा र व्यापक रूपमा मिटरब्याज असुल गर्दै ठगी गरेको कुरा आएको छ। तर ती न्याय माग्न गएकाहरूलाई सरकारले उल्टै लाठी चार्ज गर्ने, उनीहरूको आवाज सुन्नुको साटो दमन गर्ने काम गरिरहेको छ। यस्तो काम अविलम्ब रोकियोस् भनेर म माग गर्न चाहन्छु। यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

नेकपा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए।

उनले बाढी र पहिरोबाट पीडित जनताका लागि तत्काल उद्धार र राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।

सांसद शर्माले भने, ‘यो देशमा कोरोनासँगै डेंगु रोगले भयावह स्थिति सृजना भएको छ। र, औषधि उपचारको निम्ति समस्या छ भन्ने समाचार आइरहेको छ। यो व्यापक रूपमा फैलिँदै गएको र त्यसको बारेमा सरकारले विशेष ध्यान दिनु पर्दछ। बाढीपहिरोबाट जनताहरू आहात भएका छन्। उद्दार र खानपानको व्यवस्थापन गर्नुपर्ने देखिन्छ।’

एमालेका अर्का सांसद गोपाल भट्टराईले डेंगु रोगको उपचारका लागि सिटामोलको समेत अभाव भएको भन्दै त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘अहिले औषधी सिटामोलसमेत प्राप्त नगरेको कुरा आएको छ। यो देशव्यापी भइसकेको छ।’

सांसद भट्टराईले सरकारले जनताको स्वास्थ्य सुरक्षामा आवश्यक ध्यान दिन नसकेको आरोपसमेत लगाए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -