Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
१०:५६:०३ राति
- ADVERTISEMENT -

जेलमा रहेका आलमको नाम प्रदेशबाट पनि सिफारिस

प्रकाशित मिति: २०७९ भदौ २६, आइतबार

256
Shares

काठमाडौँ — बम विस्फोट र विस्फोटमा घाइते भएकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा जेलमा रहेका कांग्रेस नेता मोहम्मद अफ्ताव आलमको नाम प्रदेश कार्यसमितिले पनि सिफारिस गरेको छ ।

रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि क्षेत्रीय समितिबाट सर्वसम्मत सिफारिस भएका आलमको नाम जिल्ला कार्य समितिले भने काटेको थियो । प्रदेश कार्य समितिले भने क्षेत्रको सिफारिसलाई सदर गरेर केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार आलमलाई कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरेपनि मनोनयन दर्ता भने हुँदैन । ऐनले जेलमा रहेको व्यक्तिले उम्मेदवारी दिन नमिल्ने व्यवस्था गरेको छ ।

मधेस प्रदेश कार्यसमितिका प्रचार विभागका प्रमुख नितिशकुमार गुप्ताले प्रदेशबाट सिफारिस भएका उम्मेदवारको नाम केन्द्रीय कार्यसमितिलाई बुझाइएको बताए । उनका अनुसार जिल्लाबाट नाम काटिएका आलमको नाम समेत रायसहित केन्द्रीय कार्य समितिलाई बुझाइएको छ ।

कांग्रेसको विधानअनुसार उम्मेदवार चयन गर्दा क्षेत्र, जिल्ला र प्रदेशको सिफारिसका आधारमा केन्द्रीय संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ । त्यसअनुसार प्रदेश कार्यसमितिले उम्मेदवारको नाम सिफारिस गरी पठाएको हो ।

प्रदेश कार्यसमितिले जिल्लाबाट छुटेका नेताहरूको नाम समेत थप गरी सिफारिस गरेको गुप्ताले जानकारी दिए । उनका अनुसार प्रदेश कार्यसमितिले कांग्रेसकी पुर्वकोषाध्यक्ष सीतादेवी यादवको नामसमेत सिफारिस गरेको छ ।

आलम अहिले पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा छन् । उनीमाथि २०६४ चैत २७ गते पहिलो संविधानसभा चुनावमा विस्फोटक पदार्थ बनाउने क्रममा घाइतेलाई जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ ।

उनलाई जिउँदै मानिसलाई इँट्टाभटामा हालेको आरोप छ । तर, आलमले भने आफूलाई निर्दोष दाबी गर्दै आएका छन् । उनले आफूलाई थुनामुक्त गर्न दिएको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढ्दै स्थगित हुँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -