Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०२:३६ बिहान
- ADVERTISEMENT -

पोखराका मेयरले छोडे पार्टी जिल्ला अध्यक्षको जिम्मेवारी

प्रकाशित मिति: २०७९ भदौ २५, शनिबार

291
Shares

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पार्टी जिल्ला अध्यक्षको जिम्मेवारी छोडेका छन् ।

नेकपा एकीकृत समाजवादीको आन्तरिक सर्कुलरले दोहोरो जिम्मेवारीमा नरहन भनेपछि उनले शनिबारदेखि पार्टीको जिल्ला अध्यक्ष नेता खड्क हमाललाई सुम्पेका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा शनिबार पोखरामा भएको जिम्मेवारी हस्तान्तरण एवं प्रशिक्षण कार्यक्रमबाट उपाध्यक्ष  हमालले अध्यक्षको जिम्मेवारी पाएका छन् । आचार्य मेयर भएपछि कार्यवहाक अध्यक्षको जिम्मा हमालले नै सम्हाल्थे ।

पार्टीमा दुई जना उपाध्यक्ष हुने व्यवस्था छ । हमाल अध्यक्ष भएपछि रिक्त उपाध्यक्षको जिम्मेवारी पूर्ण लामालाई दिइएको एकीकृत समाजवादी कास्कीका उपसचिव डिकबहादुर राई (डिबी)ले जानकारी दिए । अर्का उपाध्यक्ष झपिन्द्र रेग्मी यथावत छन् ।

लामा अहिले उपसचिव थिए । उनी उपाध्यक्ष बनेपछि तीन जना उपसचिव हुनेमा एउटा पद खाली भएको छ । अरू कोही पनि नेताको जिम्मेवारी हेरफेर भएको छैन । ‘उपसचिव तीन जनामा अहिले दुई जना भयौँ । अर्को उपसचिव प्रदेश र प्रतिनिधिसभाको चुनावपछि अधिवेशन गरेर चयन गरिने छ,’ उपसचिव राईले भने ।

नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटी १ सय ५१ सदस्यीय छ । अध्यक्षको जिम्मेवारी पाएका हमाल यसअघि एमालेको जिल्ला कमिटी सदस्य थिए । माधव नेपालले एमालेबाट विद्रोह गर्दा कास्कीमा हमालसहित चार जनाले एमाले जिल्ला कमिटी सदस्य छोडेर एकीकृत समाजवादी गएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -