Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:३० बिहान
- ADVERTISEMENT -

सन्दीपलाइ फसाउन खोजिएको भन्दै वीरगन्जमा युवाहरूको प्रदर्शन

प्रकाशित मिति: २०७९ भदौ २५, शनिबार

333
Shares

वीरगन्ज : नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको समर्थनमा वीरगन्जमा प्रदर्शन गरिएको छ। 

सन्दीपलाई षड्यन्त्र गरेर फसाउन खोजिएको भन्दै उनका समर्थक युवाहरूले शुक्रबार अपराह्न वीरगन्जमा  प्रदर्शन गरेका हुन्।

वीरगन्जका युवा सागर लामाको नेतृत्वमा रहेका युवाहरूले सन्दीपको पक्षमा विभिन्न नाराहरू लेखिएको प्ललेकार्ड सहित घण्टाघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले सन्दीपलाई फसाउन पाइँदैन, हामी युवा सन्दीपको साथमा छौ‌, ‘सन्दीप दोषी हो भने निर्मला पन्तको दोषी को?’ नाबालिक भनिएकी पीडितलाई सार्वजनिक गर, सीसीटीभी फुटेज सार्वजनिक गर, कसैको चरित्र हत्या गर्न मिल्दैन, महिलामुखी अधिकार कानुन हुनु हुँदैन पुरुषलाइ दमन गर्न पाइँदैन, घटनाको सत्यतथ्य छानबिन गर लगायतका नारा पनि लगाएका थिए।
 
उनीहरूले प्रहरीमा सन्दीपविरुद्ध परेको बलात्कारको जाहेरीको सत्यतथ्य अनुसन्धान गर्न माग पनि गरे। बलात्कार आरोपित सन्दीपलाई फसाउन खोजिएको र उनको चरित्र हत्या गर्न खोजिएको युवाहरूको आरोप थियो।

अन्तर्राष्ट्रियस्तरमा नै देशको नाम उच्च बनाउने खेलाडी सन्दीपलाई फसाउन खोजिएको भन्दै उनीहरूले सन्दीपले न्याय पाउनुपर्ने बताए।

१७ वर्षीया एक किशोरीलाइ भदौ ५ गते एक होटलमा लगेर बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध प्रहरी वृत्त गौशाला काठमाडौंमा गत मंगलबार जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको छ। 

उक्त जाहेरी परेपछि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्तीकरणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।।

जाहेरी परेपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीबाट निलम्बित गरेको छ। प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्तीकरणी कसुरमा जाहेरी परेको भन्दै क्यानले निलम्बन गरेको हो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -