गोरखा,नेपाली कांग्रेस गोरखाको चारवटै प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवारका आकांक्षीहरुको नामावली संकलन गरेको थियो पार्टीको चारै वटा प्रदेश क्षेत्र समितिले प्रत्यक्ष र समानुपातिकतर्फ प्रदेशमा उम्मेदवार बन्न चाहनेहरुको नामावली संकलन गरेको हो । क्षेत्र नं १ ख ,प्रदेशमा नौ जना ले दाबी प्रस्तुत गरेका छन ।
दावी प्रतुत गर्नेहरुमा नेपाली कॉंग्रेस जिल्ला पाटी सभापती देखी पुराना नेता डिल्डीराम तिमल्सिना समेत छन् । तुलनात्मक रुपमा हेर्ने हो भने ,महादिबेशन प्रतिनिधि मा सबै भन्दा धेरै मत ल्याएर बिजयी भएका न्यौपाने पाटी सभापती मा भने निर्बिरोध निर्वाचित भएका हुन् । उत्तरी गोरखा मा राम्रो पकट भएका न्यौपाने युवाहरु बिच पनि लोक प्रिय छन ।ने बि संघ राजनिति बाट पाटी राजनिति मा प्रबेश गरेका न्यौपाने कांग्रेस महामंत्री गगन थापा का निकटतम पात्र हुन् ।
गठबंधन भएको खण्डमा १ख, जसरी पनि कॉंग्रेस ले लिने र उनि ऑंफै चुनावमा उमेदवार बन्न लागी परिरहेका छन् । शेखर समुह संग नजिक रहेका र जिल्ला पाटी सभापति समेत भएको कारण न्यौपाने ले टिकट लिने सम्भाबना बढिरहेको देखिन्छ ।तर कॉंग्रेस कै अर्को खेमा प्रदेश माओवादी दिएर
संध मा ऑंफु टिकट लिने दाउमा छन् यदि त्यो सफल भयो भने चाहीं प्रदेश छोडनु पर्ने हुन्छ ,त्यसैले नन्द प्रसाद न्यौपाने लाई गठबंधन को कारण घक्का भने लाग्न सक्ने छ ।
पाटी जिल्ला अधिवेशन भएको गुट गत राजनिति ले भने अहिले माओवादी संग गठबंधन हुदॉं पनि कॉंग्रेस लाई केही समस्या पर्ने सक्ने जानकारहरु बताउछन ।स्थानीय निर्वाचन मा कॉंग्रेस नराम्ररी पराजित भएको थियो ।
१ प्रदेश क्षेत्र ‘ख’ मा प्रत्यक्षतर्फ नौ जना र समानुपातिक तर्फ सात जनाले उम्मेदवार बन्न निवेदन पेश गरेका थिए ।
प्रत्यक्षतर्फ निवेदन पेस गर्नेहरुमाः
नन्दप्रसाद न्यौपाने
वुद्धिप्रसाद श्रेष्ठ
पूर्ण दाहाल
डिल्लिराम तिमल्सिना
प्रेम खत्री
बीरबल ढकाल
तारा पुडासैनी
धमेन्द्रकाजी श्रेष्ठ
इश्वर पाण्डे








































