Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१०:५५:२२ बिहान
- ADVERTISEMENT -

ताप्लेजुङबाट भट्टराईसहित पाँच जनाको नाम सिफारिस

प्रकाशित मिति: २०७९ भदौ २३, बिहीबार

280
Shares

ताप्लेजुङ, भदौ २३ गते । नेकपा (एमाले) ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सविच योगेशकुमार भट्टराईसहितको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

एमाले ताप्लेजुङका उपसचिव एवम् प्रचार विभाग प्रमुख दीपेन पोमुका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस हुने अन्य चार जनामा पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्बो, केन्द्रीय सदस्यद्वय पासाङ शेर्पा र टङ्क आङ्बुहाङ तथा प्रदेश कमिटी सदस्य रामप्रसाद सुबेदी रहनुभएको छ ।

प्रतिनिधिसिभाका लागि सिफारिस हुनेमा भट्टराई ताप्लेजुङका वर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने मेन्याङ्बो पूर्वसांसद, शेर्पा पहिलो संविधानसभाका सदस्य र आङ्बुहाङ २०७४ मा ताप्लेजुङ निर्वाचन क्षेत्र १ (ख) मा माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ माओवादी छोडेर एमालेमा लागेपछि प्रदेश सांसद पद खोसिएको थियो । यस्तै सुवेदी पूर्व जिल्ला उपसभापति हुनुहुन्छ । 

प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य उर्मिला थेबे, पूर्वराज्यमन्त्री ओङ्दी शेर्पा, लक्ष्मीबहादुर यक्सो, शिवकुमार गुरुङ र मीरा नेपालीको नाम सिफारिस गरिएको जिल्ला उपसचिव पोमुले जानकारी दिनुभयो । 

त्यस्तै, प्रदेशसभा १ (क) को प्रत्यक्षतर्फ वर्तमान प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङसहित ११ जनाको नाम सिफारिस गरिएको छ । अन्य सिफरिस हुनेमा जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा, महेशकुमार गुरागाई, देउमान बिष्ट, कुमार मादेन, भरतकुमार गुरुङ, हेमन्तकुमार उप्रेती, सुनिता थापा, नर्वदादेवी भण्डारी, गोपाल न्यौपाने र अनन्तबहादुर साँबा रहनुभएको छ । 

प्रदेशसभा १ (ख) मा प्रत्यक्षतर्फ पाँच जना सिफारिस भएकोमा प्रदेशसभा सदस्य होमकुमारी साँबा, जिल्ला उपसचिव मणिशङ्कर पोमू, गोपाल थोप्रा, त्रिबेणी चोङ्बाङ र चित्रगुुप्त साँबा रहनुभएको छ । प्रदेशसभाको समानुपातिकमा भने १८ जनाको नाम सिफारिस गरिएको एमाले ताप्लेजुङले जनाएको छ । 

जसअनुसार प्रदेशसभा (क) र (ख) दुवैबाट निर्मला इजम, टीकादेवी सुबेदी, टीकादेवी दाहाल, बुद्धिमान परियार, छत्रबहादुर विक र हरिलाल ठकुरी सुनाम रहनुभएको छ । त्यस्तै, कोपिला नेपाली, सञ्चपाल मादेन, सूर्यबहादुुर आङ्बुहाङ, मङ्गलसिंह केदेम र हिमालयबिक्रम चाम्लिङ, गणेश कार्की ढोली, राजेश प्याकुरेल, धर्मराज घिमिरे, बीरबहादुुर माबोहाङ, राधाकृष्ण पौडेल, इन्द्र शेर्पा र रामकुमार विश्वकर्माको नाम सिफारिस भएको छ । 

आकाङ्क्षी धेरै भएपछि सङ्ख्या घटाउने अधिकतम् कोसिस गरे पनि सम्भव नभएपछि बुधबार साँझ सबैको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -