Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:४४:१४ बिहान
- ADVERTISEMENT -

सिट भागबण्डामा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्छ : उपेन्द्र यादव

प्रकाशित मिति: २०७९ भदौ २२, बुधबार

299
Shares

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् । 

वीरगन्जमा बुधबार जसपाको अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै अध्यक्ष यादवले भने ,‘ गठबन्धनको बैठकमा सिट बाँडफाँटको छलफल हुँदा जसपालाई उपेक्षा गरिएको जस्तो महशुस हुन्छ , यदि साँच्चै उपेक्षा गरियो भने जसपा एक्लै चुनाव लड्न तयार छ । ‘

यादवले जसपाको हैसियतअनुसार सिट बाँडफाँट नगरिए एक्लै चुनाव लड्ने उद्घोष गर्दै त्यहिअनुसारको तयारीमा लाग्न नेता कार्यकर्तालाइ निर्देशन पनि दिए ।

आफूहरु गठबन्धनको विरोधी नभएको प्रस्ट्याउँदै उनले अहिलेको गठबन्धनलाइ निरन्तरता दिनुपर्ने आजको आवश्यकता भएको बताए । उनले भने,‘ प्रतिगमनकारी शक्तिहरु फेरि पनि सल्बलाउन खोजी रहेका छन् , त्यसैले उनीहरुले फेरि टाउको नउठाउन भनेर अहिलेको गठबन्धनलाई निरन्तरता दिनु आजको आवश्यकता हो । ‘
 
अध्यक्ष यादवले आगामी निर्वाचनमा संघीयता र गणतन्त्र विरोधी प्रतिगमनकारी शक्तिलाई जसरी भएपनि परास्त गर्नुपर्ने पनि बताए ।

आगामी निर्वाचनमा  संघीयता र गणतन्त्रका पक्षधरहरु पराजित भए प्रतिगमनकारी शक्तिले संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने र मधेस फेरि गुलाम (नोकर) बन्ने खतरा रहेको यादवको भनाइ छ।

संघीयता र गणतन्त्रको जननी मधेसी दल रहेको दाबी गर्दै उनले मधेस विद्रोहकै कारण मुलुकमा संघीयता र गणतन्त्र आएको दावी गरे। यादवले भने,‘मधेस विद्रोहकै कारण संघीयता र गणतन्त्र आएको हो , यदि मधेस विद्रोह नभएको भए यो देशमा न संघीयता आउँथ्यो न गणतन्त्र नै ।’

त्यसैले संघीयता , गणतन्त्रलगायतका प्राप्त राजनीतिक उपलब्धीको रक्षा गर्ने मुख्य अभिभारा जसपाकै भएको उनले बताए ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलालाई जसपाका राजनीतिक समिति सदस्यहरु हरिनारायण रौनीयार, देवेन्द्र मिश्रा , बालकिशोर यादव ,मोहन चौधरी , केन्द्रीय सदस्य करिमा बेगम , सलमा खातुन ,जिल्ला इन्चार्ज सिंहासन साह कलवारलगायतकाले पनि सम्बोधन गरेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -