Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:१२ बिहान
- ADVERTISEMENT -

सन्दीप लामिछाने जाहेरी दिने किशाेरीसँग सात घन्टा होटलमा बसेको प्रमाण जुटायो प्रहरीले

प्रकाशित मिति: २०७९ भदौ २२, बुधबार

350
Shares

नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौं सिनामंगलमा रहेको एक होटलमा ७ घन्टा रातिको समयमा बसेको पुष्टि भएको छ । प्रहरीले उनीविरुद्ध उजुरी परेपछि प्रमाणहरु जुटाउने क्रममा होटलको सिसिटिभी फुटेज हेरेर यो प्रमाण जुटाएको हो । 

मंगलबार प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध उजुरी परेको थियो । प्रहरी वृत्त गौशालाका डिएसपी सन्जीव खड्काले दिएको जानकारीअनुसार किटानी उजुरी परेपछि प्रहरीले प्रमाणहरु जुटाउन सुरु गरेको हो ।

किटानी जाहेरीमा युवतीले उल्लेख गरेजस्तै ५ भदौमा लामिछाने र ती युवती होटलको कोठामा पसेको देखिन्छ । उनीहरु राति ११ः५५ मा होटलमा प्रवेश गरेको देखिन्छ । उजुरीमा युवतीले आफूहरु पहिले भक्तपुरको नगरकोट पुगेर फर्किएको र होस्टल बन्द भइसकेकाले सन्दीपले लजमा बस्ने प्रस्ताव गरेको आफूले स्वीकार गरेको उल्लेख गरेकी छिन् ।

प्रहरीका अनुसार उनीहरु कोठा नम्बर ३०५ मा बसेका थिए ।

सिसिटिभीमा देखिएअनुसार सन्दीप लामिछाने सेतो क्याप, सेतो जुत्ता र निलो रंगको टिसर्टमा होटलमा पुगेका थिए । ती किशोरीले सेता विनसिटर र पहेँलो टिसर्ट लगाएको सिसिटिभीमा देखिएको प्रहरीले जनाएको छ । 

उनीहरुले त्यहाँ सात घन्टा बसेर ६ भदौको बिहान पौने सात बजे होटलबाट निस्किएको सिसिटिभी फुटेजमा देखिएको छ । 

त्यही रात आफूहरुले मदिरा सेवन गरेको र मध्यरातिपछि सन्दीप लामिछानेले आफूमाथि बारम्बार बलात्कार गरेको आरोप युवतीले लगाएकी छिन् । उजुरी परेसँगै मंगलबार नै प्रहरीले ती किशोरीको मेडिकल परीक्षणसमेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -