नाबालिग बलात्कारको आरोपसहित नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेविरुद्ध परेको किटानी जाहेरीका सम्बन्धमा सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जाहेरीका सम्बन्धमा जानकारी गराउँदै प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी गराएको हो ।
प्रहरीका अनुसार पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा लगेर स्वस्थ्य परीक्षण गराइएको छ ।
जाहेरीमा १७ वर्षीया बालिकालाई लामिछानेले २०७९ भदौ ६ गते राति काठमाडौंको एक होटलको कोठा नम्बर ३०५ मा लगी पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख छ ।
काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी होटलमा ल्याएर मध्यरातमा जबरजस्ती गरेको विवरण जाहेरीमा उल्लेख छ ।
लामिछाने क्यारेबीयन प्रिमियर लिग खेल्नका लागि अहिले वेस्टइन्डिजमा छन् ।








































