काठमाडौं । नागरिक अभियान्ता मुकुन्द सिलवालले काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् ।
आगामी संघीय निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि सिलवालले उमेदवारी घोषणा गरेका हुन् । सिलवाल लामो समयदेखि सम्पदा संरक्षण अभियान, जातीय विभेदविरुद्ध सशक्त रुपमा सक्रिय छन् ।
उमेदवारी घोषणा गर्दै सिलवालले सामूहिक विचार, सामूहिक निति, सामूहिक नेतृत्व निर्माण गर्दै एकल व्यक्तिवादको विरुद्धमा युवापुस्ता उभिनुपर्ने बताए । उनले आफूलाई सहयोग गर्न मतदातालाई अपिल गरेका छन् ।








































