गोरखा, २० भदौ । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद हरिराज अधिकारी (कुमार) गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभासदस्यमा चुनाव लड्ने भएका छन्। नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति गोरखाको आइतवार बसेको बैठकले उनको नामक्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।
सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद समेत रहेका अधिकारी माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत हुन्। बैठकले अधिकारीलाईप्रत्यक्ष तर्फको निर्वाचनमा एकल नाम सिफारिस गरेको हो।
क्षेत्र नम्बर १ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ को नाम समेत चर्चामा रहेको छ। जिल्लाका माओवादी नेताहरुले अध्यक्षप्रचण्डलाई पटक-पटक भेटेर गोरखाबाट चुनाव लड्न आग्रह गर्दै आएका छन्। तर अध्यक्ष प्रचण्डले सार्वाजनिक कार्यक्रममा आफुचितवन-३ बाटै चुनाव लड्ने बताउदै आएका छन्।
२०७४ सालको निर्वाचनमा अधिकारीले २९,८६० मत पाएर विजयी भएका थिए भने उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चिनकाजीश्रेष्ठले २६,६४३ मत ल्याइएका थिए ।








































