काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सडकमा जथाभावी निर्माण साम्रगी राख्नेलाई २० हजार रुपैयाँ जरिवानातिराएको छ ।
महानगरले महानगरपालिका वडा नम्बर ३१ का सानुकाजी मर्हजनलाई सार्वजनिक सडक पेटी अतिक्रमण गरी पैदलयात्री तथा सवारीआवागमन अवरोध खडा गरी निर्माण सामग्री राखेवापत जरिवाना लिएको हो ।
महर्जनले बानेश्वरको युनिग्लोव कलेज अगाडिको सकडमा निर्माण सामग्री गिट्टी तथा बालुवा सडक अवरुद्ध हुनेगरी राखेका थिए ।महानगर प्रहरीले उक्त सामग्र नियन्त्रणमा लिएर जरिवाना गराएको हो ।








































