रुपन्देही । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण रुपन्देहीको क्षेत्र नं २ र ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीबाटसिफारिसमा परेका छन् । क्षेत्र नं २ उनले २०४८ सालमा जितेको बुटवल आसपासको क्षेत्र हो भने क्षेत्र नं ३ अहिले उनी बसोबास गरेकोक्षेत्र हो ।
बिहीबार बसेको रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको बैठकले खाणसहित चार जनाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फउम्मेदवारको रूपमा सिफारिस गरेको हो । प्रत्यक्षतर्फ गृहमन्त्री खाणसहित युवराज गिरी, कृष्णप्रसाद पोखरेल, गोकर्ण पौडेल रचुन्नप्रसाद पौडेलको नाम सिफारिस भएको क्षेत्रीय कार्यवाहक सभापति परशुराम ढकालले जानकारी दिए ।
उनका अनुसार समानुपातिकतर्फ डा. बुद्धबहादुर थापा, चिरञ्जीवी जोशी, मनोरमा शेरचन, अर्जुन रानाभाट, रीता सेन ओली, राममायापौडेल अर्याल, नुमा थापा, हुमकला सुवेदी र लक्ष्मी जोशीको नाम सिफारिस गरिएको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ह्याट्रिक गरेको यस क्षेत्रमा खाणको सिफारिसले हलचल भएको छ । यो क्षेत्रमा नेकपा एसलेदावी गर्दै नेता राजु गुरुङको नाम सिफारिस गरिसकेको छ ।
यसअघि यो क्षेत्रबाट उम्मेदवारको चर्चामा रहेका गुल्मीका चन्द्र भण्डारी तथा प्युठानका गोविन्द पोखरेलको नाम भने पहिलो सूचीमै परेन। नेता भण्डारी निकट नेता-कार्यकर्ताले खाणले भण्डारीको रुपन्देही आउने बाटो रोक्न दुई ठाउँबाट सिफारिस गर्न लगाएको आरोपलगाएका छन् । उनीहरु पार्टीभित्र फरक समूहमा छन् ।
क्षेत्र नं ३ का सभापति सुशील गुरुङले क्षेत्र नं ३ बाटै गृहमन्त्री खाणको नाम सिफारिस हुने र सम्भवत त्यहीबाटै खाणको उम्मेदवारी हुनेबताए ।
यसैगरी रुपन्देही क्षेत्र नं ५ बाट संघीय सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहको एकल सिफारिस भएको छ । नेपालीकांग्रेस रूपन्देही क्षेत्र नं ५ कार्यसमितिको बैठकबाट सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्य पदमा शाहको सिफारिस भएको हो ।
शाह लगातार सो क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । सो क्षेत्रमा २०७४ को स्थानीय तह निर्वाचनमा उनले एमाले-माओवादीगठबन्धनका उमेदवारलाई १३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।
सोही क्षेत्रको प्रदेशसभा ख मा कांग्रेसले फकरूद्दिन खानलाई एकल सिफारिस गरेको छ । प्रदेश क तर्फ युवा नेता विष्णुप्रसादपोख्रेलसहित ३ जनाको सिफारिस भएको छ ।
यस्तै क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा सांसद प्रमोद यादवको एकल नाम सिफारिस भएको छ ।








































