नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले आफू इच्छुक भएको निर्वाचन क्षेत्रबारे पार्टीमा आवेदन दिएका छन्। क्षेत्रीय कार्यसमितिलेचुनाव लड्न इच्छुकबाट आवेदन माग गरेको थियो।
सोही माग अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्नेगरी पार्टीमा आवेदन दिएको पौडेलले बताए। उनले यसअघि पनि तनहुँ २ बाटै उम्मेदवार हुने बताउँदै आएका थिए। केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जित प्रकाशआलेले पनि सोही क्षेत्रमा उम्मेदवार हुनका लागि पार्टीमा आवेदन बुझाएका छन्।








































