नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका छन्।
काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा ओलीले रात्रिभोज दिएका हुन्। अहिले महिला सदस्यहरू नाचगान गरिरहेका छन्।
तीजको अवसर पारेर सबै केन्द्रीय सदस्यलाई ओलीले बोलाएको बताइएको छ।
यसका साथै, अब सबै चुनावमा खटिनुपर्ने भन्दै त्यसको लागि पनि यो जमघट भएको एक केन्द्रीय सदस्यले बताए।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक आज सकिएको हो।








































