९ भदौ, काठमाडौं । नख्खु कारागारका एकजना कैदी फरार भएपछि सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ । नेपाल प्रहरीकोअनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलिया जिम्मेवारीबाट हटाइएका हुन् ।
हत्कडीसहित कैदी भागेपछी सुरक्षा कमजोरी देखिएकाले उनलाई जिम्मेवारीबाट हटाइएको जानकारी पाएको नख्खु कारागारका जेलरसुवासकुमार बुढाथोकीले बताए ।
उनको ठाउँमा कसलाई पठाउने भन्ने टुंगो लागि नसकेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । नख्खु कारागारकोसुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्स्पेक्टरको नेतृत्वमा टोली खटिन्छ । भित्री सुरक्षामा सशस्त्र प्रहरी रहन्छ भने बाहिर नेपालप्रहरीले सुरक्षा प्रदान गर्ने गर्छ ।
नेपाल प्रहरीको टोलीले बुधबार कारागारका कैदी रामेछापका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताललगेको थियो । त्यसक्रममा दुईजना प्रहरी उनको साथमै रहेका बेला बुढाथोकी फरार भएका थिए ।
उपचार गर्नका लागि एकातिरको हत्कडी खोलेका बेला उनी भागेका थिए’ जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपीयज्ञविनोद पोखरेलले भने, ‘उनलाई बिहीबार बिहान लुभुबाट पक्राउ गरिसकेका छौं ।’प्रहरीका अनुसार उनलाई पक्राउ गरेर थपअनुसन्धान थालिएको छ ।
बुथाथोकी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्ति हुन् । उनले ९ वर्ष जेल सजाय काटिसकेका थिए । उनको आँखामासमस्या देखिएको थियो ।
घटनाको छानविनका लागि ललितपुर प्रहरीका एसपी देवेन्द्र पालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको एसएसपीपोखरेलले बताए ।








































