काठमाडौं।सञ्चार तथा सूचना, प्रविधि मन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा सिट बाँडफाँटको विषयमा सहमतिनजिक पुगेको बताएका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यदल बैठकमा सिट बाँडफाँट नजिक पुगेको उनले बताएका हुन्। यसबारेमाछलफल गर्न भोलि फेरि साँझ ५ बजे बैठक बस्ने उनले बताए।
सकारात्मक रूपले अगाडि बढेको छ। बैठक भोलि फेरि साँझ ५ बजे बस्छ र चाँडै नै मुलुकलाई एउटा सुखद् खबर, गठबन्धनमा कुनैसमस्या आउन लागेको छ कि, सिट बाँडफाँटमा समस्या छ कि भन्ने किसिमका आशंका छन्। त्यो किसिमका आशंकालाई दुर गर्ने खबरचाँडै नै दिनेछौं,’ उनले भने।
आजको बैठक भने गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अस्वस्थ भएको कारणले प्रभावितबनेको पनि उनले बताए।
यस बैठकमा विभिन्न किसिमका मोडालिटीबारे छलफल भइरहेको पनि उनले बताए।
‘सहमतिको नजिकमा पुगेका छौं। धेरै किमसिमका मोडालिटीबारे छलफल गरेका छौं,’ उनले भने, ‘यसबारे हामी छिट्टै निष्कर्षमा पुग्छौं।’








































