काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे बस्ने भएको छ ।
नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सीट बाँडफाँटगर्ने बैठकको एजेन्डा भएको जानकारी दिए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरागर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ ।
जसकारण सोमबार गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनदलबीच सीट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सीट दिने भन्ने विषयमा दलहरुले सहमति जुटाउनसकेका छैनन् ।








































