काठमाडौँ, ५ भदौ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् ।
राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको हो । यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् ।केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा हुँदा पदाधिकारी मात्रै ६१ जना रहेका छन् । वाईसीएलको राष्ट्रिय भेलाको शुक्रबारदेखि भएकोथियो ।








































