नेपाली कॉंग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेले सामाजिक सन्जाल मार्फत प्रदिप गिरिको स्वास्थ्यअबस्था कमजोर हुदैं गर्दा कॉंग्रेस नेता प्रदीप गीरी को स्वास्थ्य लाभ को कामना गर्दे भनेका छन् । श्रद्देय प्रदीप गिरि दाइ,

दाई तपाईंले सधैं भन्नु हुन्थ्यो – प्रदीप, म जुन बाटो हिँडेको छु नि, त्यो बाटोमा ठूलो त्याग र तपस्या चाहिन्छ, सक्छौं ? म गम्भीर भएरभन्थे कोसिस गर्छु, तपाईं बाट सिक्छु । दाई तपाईबाट सिक्न धेरै छ ।
भारि मनका साथ भर्खर अस्पतालबाट फर्कदै छु।
तपाईं सङ्ग हाम्रो पुस्ताले लिनुपर्ने ज्ञान र विवेक, सिक्नुपर्ने शिक्षा धेरै बाँकी छ।अस्पतालको बेडबाट उठेर फेरि राजनीतिमा प्रतिपक्षीऔंला देखाउँदै खबरदारी गर्न आइपुग्नुहुनेछ भन्ने विश्वास छ।हामीलाई बाटो देखाउनु हुनेछ ।
तपाईंको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।








































