रुपन्देही । नेपाली कांग्रेसले मङ्गलवार १० महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा आफू नपरेको भन्दै नेतृ पार्वती डिसी चौधरीलेपार्टीसँगको साइनो तोड्ने चेतावनी दिएकी छन् । मङ्गलवार साँझ सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि लेख्दै उनले छिट्टैकांग्रेससँगको साइनो तोड्ने जनाएकी छन् ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले लेखेकी छन्, ‘आज केन्द्रीय सदस्यमा १० जना महिला मनोनीतहुँदा पार्वता डिसी चौधरी अट्न सकिन, त्यसको लागि धन्यवाद छ । छिट्टै कांग्रेससँगको साइनो तोड्दैछु ।’
दाङबाट राजनीति गरेकी उनी देउवा समूहमै रहे पनि पछिल्लो समय इतर समूहसँग पनि नजिकमा रहेकी थिइन् ।








































