काठमाडौं /सरकारले सहरी विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन१५ अर्ब ९० करोड १० लाख करिब १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने भएको छ।
साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीज्ञानेन्द्रबहादुर कार्कीले सरकारले निर्वाचन आयोगबाट प्राप्त परामर्शअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ रप्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ बमोजिम वि.सं २०७९ मंसिर महिनाको ४ गते आइतबारका दिन एकै चरणमाप्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको बताए।
उनले साउन १ गतेदेखि लागू हुने गरेर निक्षेप सुरक्षणको सीमा ३ लाखबाट वृद्धि गरी ५ लाख रुपैयाँ पुर्याउने, मध्य भोटेकोशी प्रसारणलाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने, मध्य भोटेकोशी प्रशारण लाइन आयोजना प्रभावित क्षेत्रकोक्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने निर्णय भएको बताए।
उनका अनुसार सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यहरूमा मनोनयन गर्ने, संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा मिति२०७९ भदौ १६ मा सञ्चालन हुने तेस्रो युनिस्कोपमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाईभाग लिन स्वीकृत दिने, लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल र लुम्बिनी सांस्कृति भवन निर्माण गर्ने प्रयोजनार्थ लिजमाउपयोग गर्न दिन स्वीकृत दिने, मिति २०७९ कात्तिक ३ देखि ४ गतेसम्म विश्व कृषि स्थानमा हुने स्टेयरिङ कमिटी मिटिङ अफ दि ग्लोबलस्नोल लियोपड एण्ड इकोनोमी सिस्टम प्रोटेक्शन प्रोग्रामसम्बन्धी कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादव र सचिव प्रेमनारायणकँडेललाई सहभागी हुन स्वीकृति दने, सुरूङ्गा नगरपालिका सप्तरी केन्द्र साविक मधुपट्टी हाल सुरुङ्गा नगरपालिका वडा नम्बर ४ मारहेको ठाउँमा सुरुङ्गा नगरपालिका वडा नम्बर ५ को कुसा कायम गर्ने निर्णय गरेको छ।
प्रवक्ता कार्कीले २०७९ असोज २७–२८ गतेसम्म इटालीको रोममा आयोजना हुने स्किल राइट्स केयर टाइम टू एक्ट लेसन्स लर्न फ्रम दइमर्जेन्सीसम्बन्धी फोर्थ ग्लोबल मेन्टल हेल्थ समिटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई सहभागी हुन स्वीकृतप्रदान गर्ने, नेपाल प्रशासन सेवाको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव दीपक काफ्लेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमाबढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने, नेपाल लेखा परीक्षण सेवाको राजपत्रांकित प्रथम श्रेणीका सहसचिव विन्दुविष्टलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी महालेखा परीक्षकको कार्यालयको उपमहालेखा परीक्षकमा पदस्थापना गर्नेनिर्णय गरेको बताए।
उनले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका यादव प्रसाद कोइरालासमेत ६ जना अधिकृतहरू सरूवा गर्ने निर्णय भएको पनिबताए।
प्रवक्ता कार्कीले केही सञ्चारमाध्यममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागिसरकारले गुप्तचर परिचालन गरेको, नागरिकको फोन ट्यापिङ गरी वैतिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएकोस्पष्ट पारे।
उनले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत र यसको सम्मान र संवर्द्धन गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै यस्तोभ्रममा नपर्न आग्रह गरे।








































