रुपन्देही । उडेको केही समयमा नै इन्जिनबाट धुवाँ निस्किएपछि बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सकोजहाज पुनः नेपालगन्ज विमानस्थल फर्काइएको छ ।
चालक दलसहित ७९ जना लिएर उडेको ९ एन- एएनएफ जहाजमा १० माइल उडेपछि जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएको रआपत्कालीन अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ ।
नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षितअवतरण भएको र विमानको प्राविधिक चेकचाँच सुरू भएको छ ।
श्री एयरलायन्सका नेपालगन्ज प्रमुख परशुराम चौधरीले जहाज उडान भएको करिब ७ मिनेटमा धुवाँ देखिएपछि आकस्मिक अवतरणभएको जनाएका छन् ।








































