महर्षि श्री अरविन्दको १५० औं जन्मजयन्तीको शुभावसरमा, चन्द्रागिरी– ०६ स्थित श्री अरविन्द योग मन्दिरले प्लस टु , स्नातक, स्नातकोत्तर र त्यो भन्दा माथिका अन्य इच्छुक प्रतियोगीहरुको लागि मिति २०७९–४–२० गतेका दिन “श्री अरविन्दको जीवन र उनको दर्शन” शिर्षक मा वक्तृत्व प्रतियोगिता आयोजना गरेको हुँदा सहभागि हुन सम्बन्धित सम्पूर्णमा अनुरोध गरिएको छ ।
भाषाको माध्यम भने नेपाली वा अंग्रेजी प्रतियोगीले चाहे अनुसार छनोट गर्न पाउने व्यवस्था छ । कार्यक्रममा प्रथम पुरस्कार नगद रु २०,००० , दोस्रो पुरस्कार नगद रु १५,००० , तेस्रो पुरस्कार नगद रु १०,००० ,चौथोँ पुरस्कार नगद रु ५,००० र सहभागिताको प्रमाणपत्र र खाजाको को पनि व्यवस्था रहेको छ ।
कार्यक्रममा चयनमा सहभागी जनाउन चाहनेले बढिमा २ मिनेटको रेकर्डिङ भिडियो बनाएर Sri Aurobindo Yoga Mandir लाइ ट्यागगरि फेसबुकमा अपलोड गर्नु पर्नेछ । भिडियो अपलोड गर्ने अन्तिम मिति भने २०७९–४–१४
तोकिएको छ ।।








































