कल्पना गरौं न ,,
कस्तो हुँदो हो राजनीतिमा जातपातको रङ्ग मिसिएपछि ।
डटेर चाल्नु पर्ने पाइलाहरुमा स्वार्थ र बेईमान घुसिएपछि ।
जनताको आँखामा पर्दा लगाएर उता घुसपैठ र बेथिति मौलाएपछि ।
गर्हो त पक्कै हुन्छ नि सत्तामा सालिन पल्टिनेहरु बौलाएपछि ।
आखिर परिवर्तन कहाँ छ ?
जातीय विभेद गर्न मान्छेहरुको नजर आज पनि उस्तै छ ।
कसैलाई सत्तामा ल्याउनका लागि गरीने उन्माद उत्तेजना उस्तै छ ।
सुनको भाउमा पित्तल खुलेयाम बेच्नेहरु उस्तै छन् ।
निगरानीमा फुटफाटका व्यापारी छन् , गरीब लुट्ने त्यो कालो बजारी उस्तै छ ।
भुमरीमा परेको एक टुक्रा बादल झै देशको हालत उस्तै छ ।
खै आखिर परिवर्तन कहाँ छ ?
रोगी गरीब शरीर अस्पतालका सामु हारगुहार गर्ने त्यो गुहार उस्तै छ।
हिजो गरिबीको नारा लिएर युद्ध थाल्नेहरुलाई अचेल भत्ता र तलवले मात्रै पुक्दैन अरे ।
खै कहाँ गयो समाजवाद ?
हामी सासक होईन , सेवक भनी सत्तामा पुग्या होइन , खै कहाँ गयो तिम्रो नेतृत्वभाव ?
कानुन त समाज भलाईको लागि नै तर्जुमा गरिएको होइन र ? खै त कानुन नियम सहि र सबल ढंगले सहचालन गर्न जानेको ?
के विधि विधानलाई आफ्नो चोर खल्तीमा च्यापेर चोर बाटो मात्रै हिड्ने ?
हुन त राजदरबार भित्रै राजा हराएको हाम्रो देश ।
न्याय माग्न जाँदा असैय अन्याय सहेर फर्कनु पर्ने हाम्रो देश ।
कास सबै त्याग र निष्ठाले राजनीतिमा सदैव अग्रसर हुन सक्ने भए ।नैतिकताको प्रश्न उठ्ने थिएन होला । सबैले तराई पहाड र मधेस समान देख्ने थिए होला । गरिव निमुखा बर्गको आवाज बुलन्द हुन्थ्यो होला । शोषित,उत्पीडित र अन्यायमा परेका जनताका मुद्दाघुमिरहने थिएन होला ।








































