Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:१५ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय फुटबल टिमका तीन खेलाडी एकै दिन पुगे अस्ट्रेलिया

प्रकाशित मिति: २०७९ असार २१, मंगलबार

680
Shares

राष्ट्रिय फुटबल टिमका तीन खेलाडी सोमबार अस्ट्रेलिया पुगेका छन्।

फरवार्ड दर्शन गुरुङ, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर नवीन गुरुङ सोमबार अस्ट्रेलियाको मेलवर्न पुगेका हुन्।

तीनै जना अस्ट्रेलियाको स्थानीय टिमबाट खेल्नका लागि त्यहाँ पुगेका हुन्।

तीनै जनालाई युनाइटेड एफसी मेलवर्नले सोमबार स्वागत गरेको छ। क्लबले तीनै जनालाई अनुबन्धन गरेको विषयमा भने केहीखुलाएको छैन।

अस्ट्रेलिया पुगेका फुटबलरले त्यहाँको स्थानीय लिग खेल्ने बुझिएको छ। युनाइटेड एफसी मेलवर्नले हाल त्यहाँको स्थानीय एमसीएसएप्रिमियर लिग २०२२ खेलिरहेको छ। एमसीएसए प्रदेशस्तरको तल्लो डिभिजनको प्रतिस्पर्धात्मक एम्याचोर  लिग हो। 

लिगमा १० क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। जहाँ यति एफसी, हिमालयन एफसी, हिमालयन टाइगर लगायतले प्रतिस्पर्धा गरिरहेकाछन्। यी टिममा नेपाली मूलका खेलाडीहरू आबद्ध छन्। 

सोमबार अस्ट्रेलिया पुगेका तीनै जना पछिल्लो समय राष्ट्रिय टिममा थिए। जसमा दर्शनले पछिल्लो पटक नेपालका लागि गोल समेतगरेका थिए।

दर्शनले गत महिना एएफसी एसियन कप छनोटअन्तर्गत कुवेतविरूद्ध गोल गरेका थिए।

दुई वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका इलामका दर्शनले कुवेतविरूद्ध दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्न सफल भएका थिए।डिबक्सभित्रबाट उत्कृष्ट गोल गरेसँगै नेपालले कुवेतविरूद्ध ४० वर्षपछि गोल गर्न सफल भएको थियो। अघिल्लो सिजन उनलेएनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।

यता डिफेन्डर नवीन गुरुङले गत वर्ष दशरथ रंगशालामा मरिससविरूद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

नवीनले गत सिजन एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।

यता चार वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका सन्तोष तामाङ आर्मीका प्रभावशाली मिडफिल्डर हुन्। पछिल्लो समय आर्मीको मुख्यखेलाडी बनेका सन्तोषले राष्ट्रिय टिमबाट १६ खेल खेलिसकेका छन्।

पछिल्लो समय नेपाली फुटबलर भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम बढेको छ। यो वर्ष मात्रै राष्ट्रिय टिमका पाँच खेलाडी अस्ट्रेलियागइसकेका छन्।

यसअघि सुमन लामा र आसिष लामा पनि अस्ट्रेलिया पुगेका थिए। त्यहाँको स्थानीय टिमबाट फुटबल खेलिरहेका सुमन र आसिषअघिल्लो वर्षसम्म राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडी थिए। 

तीन वर्षअघि मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एनल न्यौपाने अस्ट्रेलिया गएका थिए। लगत्तै अर्का खेलाडी बिमल बस्नेत पनिअस्ट्रेलिया पुगेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -