असार, १७ काठमाडौं । दाङको तुलसीपुरमा एक व्यक्तिले पेट्रोल छर्किएर आफ्नै घरमा आगो लगाई श्रीमती लाई मार्ने प्रयास गरेका छन्। आगलागीमा परेर उनकी श्रीमती जलेर घाइते भएकी छिन् ।असार १४ गते दिउसो १२:३० बजे ,
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका उज्वल बहादुर चुनारा को घरमा पेट्रोल छर्केर घरमा आगो लगाई श्रीमती को जिउमापेट्रोल छर्केर आगो लगाई मार्ने प्रयास गरेको ,पिडित सुकमाया श्रेष्ठ चुनारा ले सिमपानी न्यूज लाई जानकारी गराएकी छन ।उनकोअहिले काठमाडौं मा उपचार भै रहेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मंगलबार दिउँसो १२ बजेतिर चुनाराले घरमा आगोलगाउन खोजेको थिए । त्यसक्रममा जलेर घाइते भएकी उनकी श्रीमतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भएको थियो ।श्रेष्ठको अनुहार,हात, खुट्टामा जलेको छ ।
ती व्यक्तिले श्रीमतीसँग पटक-पटक विवाद हुँदै आएको र आफू तनावमा भएको प्रहरीसमक्ष बताएका छन् । उनले घरमा आगो लगाएरआफू पनि आत्महत्या गर्न खोजेको बयान दिए पनि उनिले श्रीमती को ज्यानमा आगो लगाई कोठामा चुक्कुल लगाई छोडिद्एको पिडितसुकमायॉं बताउछिनी छिमेकी को सहायता ले ऑंफु बच्न सफल भएको उनिले भनिन।
गोरखा भिमसेन थापा ४ धावा माईती भएकी सुकमाया १२ बर्ष अघि उज्ज्वल संग भागेर बिबाह गरेकी थिईन भने उनी दोस्री श्रीमती हुन ।ढॉंटेर बिबाह गरेर भन्दै पटक-पटक बिबाद हुंदै आएको उनि बताउछीन ।मलाई मार्ने खोजेको तर छिमेकी को सहायता ले बाच्न सफलभएको बताउछिन । उनले अहिले श्रीमान बिरुद्व उजुरी दिईएकी छन् ।
आगलागीबाट कोठामा रहेका दराज, कपडा, टिभिलगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रहरीले ती चुनारालाईपक्राउ गरी थप घटनाबारे अनुसन्धान गरिरहेको छ ।








































