धादिङमा बस पल्टिँदा एकतीस जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ मा बस दुर्घटना हुँदाबसमा सवार उनिहरु घाइते भएका हुन् ।
काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरीकार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ भने अन्यको गल्छी रआदमघाट अस्पतालमा उपचार भइरहेको छ ।
खाल्डाखुल्डीका कारण बस सडकमै पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।








































