पोखरा/गण्डकीप्रदेश सरकारको यातायात का सवारीसाधनहरू बर्षमा दुई पटक नवीकरण गर्नुपर्ने निर्णय प्रति ,कॉंग्रेस सभापतिहरु द्वाराप्रदेश सरकार लाई ध्यानाकर्षण गराएका छन ।जिल्ला पाटी सभापति हरुको हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।
प्रेस बिज्ञप्ती
गण्डकी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमबाट यातायातका सवारी साधनहरू वर्षको दुई पटकनवीकरण गर्नुपर्ने निर्णयले यातायात क्षेत्र र आम जनतामा कठिनाइ थपिने निश्चित छ । एकातिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगैदैनिक उपभोग्य सामग्रीमा बढेको चर्को महँगीले जनताको ढाड सेकिरहेको अवस्थामा अर्कोतिर प्रदेश सरकारले लिएको नीति जनघातीठहर भई नागरिकको तहबाट व्यापक आलोचना भइरहेको छ । प्रदेश सरकारले दिगो विकासलाई ध्यानमा राख्दै योजना तर्जुमा गर्ने, उत्पादन बढाउने कार्यक्रम ल्याई जनतालाई आत्मनिर्भर बनाउने; रोजगारीको सिर्जना गरी बेरोजगारी घटाउने; यातायात व्यवस्थामा भएकाअनियमितता हटाई राजस्व चुहावट रोक्ने जस्ता जनपक्षीय कार्यक्रम ल्याउनुको सट्टा उल्टै जनताले अनावश्यक हैरानी खेप्नुपर्ने गरीसवारी साधनको एकै वर्षमा दुई पटक नवीकरण गर्नुपर्ने निर्णय गर्नु आपत्तिजनक छ । यो निर्णय तत्काल सच्याएर सरकार जनमुखीएवम् जनउत्तरदायी बनोस्; अन्यथा यसप्रकारको जनविरोधी निर्णयबाट आगामी दिनमा आइपर्ने क्षति बेहोर्न सरकार तयार रहोस् भन्नेचेतावनी दिन चाहन्छौं भनिएको छ ।









































