चितवन । भरतपुर विमानस्थलको टावरनजिकै आगलागी भएको छ । आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ ।
आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनकासूचना अधिकारी नरहरि अधिकारीले बताए ।
उनका अनुसार बिहान पौने ४ बजे टावरनजिक बिजुलीको तार सर्ट भएर आगो लागेको थियो ।
बिजुलीको तार, इन्टरनेटको र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुनेअधिकारीले बताए ।








































