नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति म्याग्दी द्वारा आयोजित कार्यकर्ता भेटघाट एबम नवनिर्वाचित जनप्रतिनिधिहरु बधाइ तथाशुभकामना कार्यक्रमको विशेष अतिथिको रुपमा बोल्दै उहाले २०७९ साल असार अन्तिम सम्ममा तरुण दल समिती बिस्तार हुनेबताउनुभएको छ ।त्यस्पछी पुरै केन्द्रिय समितीमा रहने तरुण हरु आफ्नो उम्मेदवार जिताउन लागि पर्ने जानकारी दिनुभयो ।कम्युनिस्टकोसरकार हुदा धेरै महिला दिदी बहिनी हरुले दुख पाएको बताउदै अहिलेको गठवन्धनको सरकारमा तेस्तो खालको घटना नभएकोभन्नुभयो ।
बिभिन्न बिपतको समयमा तरुण हरु अग्रणी मोर्चामा रहेर कार्य गर्ने गरेको बिगतको इतिहासलाइ यो पाली पनि आफुले परिपत्र गरिनिर्देशन दिएको बताउनुभयो ।
कुनै समयमा पार्टी शभापतिले कम्युनिस्ट को सरकार आयोभने बोल्न र हास्न नि पाउदैनौ भनेको सुन्दा आफुलाइ अचम्म लाग्ने गरेको तरपछि कम्युनिस्ट हरुको चर्तीकला देख्दा उक्त भनाइ सहि सावित भएको बताउदै नेपाली काङ्ग्रेसको सरकारमा मात्र शान्ति सुशासनकायम रहने भएको हुदा आउने प्रदेश र संघको चुनावमा नेपाली काङ्ग्रेसको उम्मेदवारलाई जिताउनुको बिकल्प नभएको बताउदैनवनिर्वाचित जनप्रतिनिधिहरुलाइ बधाइ एबम कार्यकालको शुभकामना दिनुभयो ।








































