तनहुँको डुम्रे र लमजुङको वेशीसहर जोड्ने सडक अवरूद्ध भएको छ।
तनहुँको भानु नगरपालिका वडा नम्बर ८ कुडुलेफाँट सडक भत्केपछि बाटो अवरूद्ध भएको हो। त्यहाँ राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरूद्ध भएको हो।
खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो ।
साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरीनिरीक्षक रमेश विष्टले बताए।








































