तनहुँ : जिल्लाको आबुँखैरेनी गाउँपालिका-४ पावरहाउसस्थित पृथ्वीराजमार्ग सडक खण्डको रुवाखोला पुलबाट मिनी टिप्पर खस्दा एकजनाको मृत्यु भएको छ। बिहीबार बिहान मुग्लिनबाट आबुँखैरेनीतर्फ आउँदै गरेको ग १ क ४४६९ नम्बरको मिनी टिप्पर अनियन्त्रित भईपुलबाट २० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मृत्यु हुनेमा टिप्पर चालक जिल्ला तनहुँ, म्यादे गाउँपालिका ६ मनपाङ का ४७ वर्षीय रामबहादुर दमै रहेको प्रहरी नायब उपरीक्षकयुवराज खड्काले जानकारी दिए। उनका अनुसार दुर्घटनापश्चात् गम्भीर घाइते भएका दमैलाई उपचारको लागि पुरानो मेडिकल कलेजचितवन लगिएको थियो। उनको उपचारको क्रममा बिहान ६:१० बजे मृत्यु भएको हो।
दुर्घटना बिहीबार बिहान साढे चार बजे भएको थियो। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरेहेको प्रहरीले जनाएको छ।








































