लेखक -सुबिन खनाल
पोखुं झैं लाग्छ बह मनको
चित्त दुखाएर पोखुं कि ? मन बुजाएर?
कसैलाई सुनाएर पोखुं कि? आफु भित्रै दबाएर?
आंसु झारेर पोखुं कि? मुस्कुराएझैं गरेर?
भन कसरि पोखुं ?
पोख्न त मन थियो मनको बह खै कसरि पोखुं ?
मै आफैं बहको कुंज भैसकें ?
कतै पोखिने उपाय पाएं भने पोखिदा पोखिदा पक्कै सकिन्छु होला,
अब भन म बह पोखिने ठांऊ खोजुं कि सहेर बसुं?
कस्तो किसिमको बह छ यो मनमा?
चोटको?
दुखको?
सुखको?
यादको?
एकलासको?
बिरहिको?
मनोरोगको?
अहंकारले घेरिएको?
के को बह छ मनमा?
कसैको तिखो बोलिले टुटेको पनि छु।
अभावै अभावले दुखैदुखमा झेलिएको पनि छु।
आफ्नो खुसि के मा छ इज्जत जोगाएर पुरा गरेको पनि छु।
कसैको यादमा मन भारि बनाएर चार भित्ताको कोठामा एक सिरानि च्यापेर कयौं रात टोलाएर बसेको पनि छु।
कसैको बेकामको काम बनेर सबैले थकाई मारि छाडि हिडेको रातको त्यो बरपिपलको चौतारि झैं पनि भएको छु।
परिवार भविष्य कसैको प्रेम पढाई काम यि सबको भारिले थिचिएको शरिरलाई महसुस गर्दै बिरहिको तालमा बेहोसि पनि भएको छु।
महसुस हुन्छ कता कता मनोरोगको शिकार पनि भएको छु।
अब भन म पहिला कता गएर पोखुं मेरो बह ?
तिम्रो करिब आऍभने जुनि फेर्लान,
टुटेको मनले
यादको अनिदो ज्यानले ,
एकलासको जिन्दगिले
तर कतिनजेल?
भो यो बह पोख्दिन अब सम्हालेर राख्छु ,
बिचार गरेको छु
दुखको कुरा कठोरताको परिभाषा मस्त छ, मन छुने छ , भन्दै मुस्कुराऊंदै पड्ने धेरै छन ,
अब सम्हालेर राख्छु यो मनको बह ,
दिन्छु बिस्तारै शब्दको रुप ,
हलचल गरांऊछु मन उस्का ,
मिल्नेछन शब्द जिन्दगिसंग जस्का,







































