Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२६:५५ बिहान
- ADVERTISEMENT -

मुख्यमन्त्री पाण्डेको आरोप : बालेन्द्र साहमा आलोचना सुन्ने धैर्यता देखिएन

प्रकाशित मिति: २०७९ जेठ ३१, मंगलबार

713
Shares

काठमाडौं । अहिले काठमाडौंको फोहोरको विषयलाई लिएर बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकाबिच ‘टसल’ कोअवस्था देखिएको छ ।

हिजो बाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि महानगरपालिका र प्रदेश सरकारबीच तनाव सुरु भएको हो ।

प्रदेश सरकारका अर्थमन्त्रीले काठमाडौंको फोहोर अरू पालिकामा फाल्न नपाउने बताएपछि असन्तुष्ट भएर मेयर साह कार्यक्रम नै छोडेरहिँडेका थिए । उनले अभिमुखीकरण कार्यक्रममा काठमाडौं महानगरलाई गाली मात्रै गरिएको आरोप लगाएका छन् ।

दुई दिने अभिमुखीकरण कार्यक्रम आज समापन भएको छ । उद्घाटनको दिन कार्यक्रम छोडेर हिँडेका काठमाडौंका मेयर र उपमेयर दोस्रोदिन सहभागी भएनन् । यो विषयलाई बाग्मती सरकारले कसरी हेरेको छ रु हामीले बाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग संक्षिप्तकुराकानी गरेका छौ ।

मुख्यमन्त्री पाण्डेले अर्थमन्त्रीले राखेको धारणा उनको व्यक्तिगत भएको बताए । आफूले यो कुरा भाषणमा नै प्रस्ट्याएकाले काठमाडौंकामेयर असन्तुष्ट हुनुपर्ने कारण नभएको उनको भनाइ छ । मेयर साहले अभिमुखीकरण कार्यक्रम नै बहिष्कार गरेको विषयमा भने आफूअनभिज्ञ रहेको उनले बताए ।

‘उहाँले आफ्नो व्यक्तिगत धारणा राख्नुभएको हो । मैले प्रमुख अतिथिको रूपमा बोल्दा काठमाडौंको फोहोर उठाउने कुरामा आफूहरूजुनसुकै भूमिका निभाउन तयार रहेको स्पष्ट पारेको छु । काठमाडौं पनि बागमती प्रदेशभित्रै महानगर भएकाले यहाँको फोहोरको चिन्ताहामीलाई पनि उत्तिकै छ,’ पाण्डेले भने ।

उनले मेयर साहको विषयमा टिप्पणी गर्दै राजनीतिक व्यक्ति नभएकाले आलोचना सहने क्षमता नदेखिएको बताए ।

पाण्डेले भने, ‘कसैले उहाँको विरोध गर्नै नपाउने, आलोचना गर्नै नपाउने भन्ने हुँदैन । त्यस्तो भयो भने त अर्को तानाशाही जन्मिहाल्छ नि ।उहाँ त्यो बाटोमा जानु भएन । आलोचना सुन्न सक्ने क्षमता विकास गर्नुपर्छ ।’

अहिले देश नै बालेन्द्रमय भएको र उनको विषयमा केही बोल्नै नहुने माहोल बनाइएको भन्दै पाण्डेले चिन्ता व्यक्त गरे ।

‘उहाँलाई जनताले निर्वाचित गरेर मेयर बनाएका हुन् । केशव स्थापित र सिर्जना सिंहभन्दा केही बढी भोट ल्याएर उहाँले जित्नुभएको हो ।त्यसैले आफूलाई सर्वोपरि ठान्नु हुँदैन,’ उनले भने ।

मेयर साहले आफ्नो घरमै आएर फोहोर व्यवस्थापनका बारेमा छलफल गरेको पनि पाण्डेले सुनाए । पाण्डेका अनुसार साहले सेनापरिचालन गरेर भए पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

‘त्यसमा मैले सहमति जनाइनँ,’ उनले भने, ‘जनतामाथि सेना प्रयोग गर्न मिल्दैन र तपाईँ यस्तो बाटोमा नलाग्नुस् भनेर सुझाव दिएको हुँ ।’

पाण्डेले काठमाडौंको फोहोर बन्चरे डाँडामा फाल्नु नै दिगो समाधान नहुने तर्क गरे । त्यहाँका स्थानीयवासीको पीडा पनि सम्बोधन हुनुपर्नेउनको भनाइ थियो ।

‘फोहोर फाल्ने ठाउँका समस्या के के हुन् र त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर पनि ध्यान दिनपर्ने छ’ उनले भने, ‘बन्चरे डाँडामालगेर फोहोर फालेर मात्र हुँदैन, त्यसको उचित व्यवस्थापन पनि गर्नुपर्छ ।’

फोहोरबाट निस्केको ग्यास, आएको दुर्गन्ध र पानीमा फैलिएको फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा पनि ध्यान दिन जरुरीरहेको उनले बताए ।

आफू संघीय मन्त्री भएको बेला त्यहाँको सडक निर्माण, स्वास्थ्य चौकीको निर्माण र विद्यालयहरूमा १ सय जनालाई रोजगारीकोव्यवस्था गरेको उनले उल्लेख गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -