प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलले निर्माण गरेको कार्यदलले नेपाली काँग्रेस संसदीयदलसँग छलफल गरेको छ ।
उक्त छलफलमा दुवै दल यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउन सहमत भएका छन् । एमाले संसदीय दलको तर्फबाटकार्यदलका संयोजक हिक्मत कार्कीले काँग्रेस संसदीय दलका नेता राजीव कोइरालालगायतसँग छलफल गरेका हुन् । आजको संसदबैठक सम्पन्न भएपछि प्रदेश १ संसद सचिवालयमै बसेको बैठकले नामकरणको टुंगो लगाउन दुवै पक्ष सहमत भएको कार्कीले जानकारीदिए ।
काँग्रेस र एमालेबीच यही अधिवेशनबाट प्रदेशको नामाकरण टुंग्याउन सहमत भएका छौं,’ कार्कीले भने, ‘हामीबीचमा सबै संसदभित्रकाराजनीतिक दलसँग र सरकारसँग पछि छलफल गर्न पनि सहमत भएका छौं ।’ यसअघि प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्नभन्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले कार्यदल गठन गरेको थियो । कार्यदलमा पूर्वमन्त्री कार्की सहित पूर्वमन्त्री जीवनघिमिरे, जगदिश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई रहेका छन् ।
केही दिनयता प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि प्रदेश १ को नामाकरणको विषय टुंग्याउनका लागि एमाले कै नेतृत्वमासंयन्त्र निर्माण गर्न प्रस्ताव गरेका थिए । प्रदेशसभाका सांसदहरुले प्रदेशको यही अधिवेशनबाट नामाकरणको टुंगो लगाउनुपर्नेमा जोडदिँदै आएका छन् । ७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामाकरणको टुंगो लागिसकेको छ ।








































