Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५९:२५ बिहान
- ADVERTISEMENT -

कागेश्वोरी मनोहराको नयाँ पदभार : यस्तो छ कार्यपालिकाले गरेका चार निर्णयहरु

प्रकाशित मिति: २०७९ जेठ १०, मंगलबार

656
Shares

काठमाडौं, मंगलबार, १० जेठ २०७९ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेसका उपेन्द्र कार्की निर्वाचित हुनु भएको छ । उपमेयरमा भने एमालेकी शान्ति थापा विजयी हुनु भयो ।

मेयरमा कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएसंगै पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भयो ।

कागेश्वोरी मनोहरा नगरपलिकाको नयाँ पदभार लगतै कार्यपालिकाले गरेका चार निर्णयहरु :

१. मिति २०७९/०१/३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यस कागेश्वरी मनोहरा नगरपालिकाका सम्पूर्ण मतदाताहरुले उत्साहपूर्वक सहभागिता जनाई हामीलाई निर्वाचित गराउनु भएकोमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दै आम मतदाता तथा नगरबासीहरुको अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्ने ।

२. यस नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा सञ्‍चालनमा रहेका प्रारम्भिक बालविकास (ECD) कक्षाहरुलाई समान स्तरमा सञ्‍चालन गर्नलाई शैक्षिक सामग्री लगायत पूर्वाधारयुक्त बनाउनको लागि नगरपालिकाले आवश्यक बजेट सहितको व्यवस्था गर्ने ।

३. यस नगरपालिका भित्र रहेका जेष्ठ नागरिकहरुलाई मधुमेह, उच्च रक्तचाप तथा निमोनियाको खोपलगायतका स्वास्थ्य परिक्षणसहितको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन घर घरमा नै स्वास्थ्यकर्मी परिचालन गरी निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाउने र सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुलाई नियमित स्वास्थ्य परिक्षण तथा उपचार सेवा विद्यायलमा नै निःशुल्क उपलब्ध गराउने ।

४. यस नगरपालिकाभित्र सञ्‍चालित खानेपानी समस्यलाई निराकरण गर्नका लागि आगामी पाँच वर्ष भित्र प्रत्येक घरमा स्वच्छ खानेपानीको एक धारा उपलब्ध गराउनको लागि विद्यमान खानेपानी आपूर्तिको अवस्था, उपलब्ध वैकल्पिक व्यवस्था र श्रोत समेतको पहिचान गरी कागेश्वरी मनोहरा बृहत खानेपानी आयोजना संचालन गर्नको लागि सम्भाव्यता अध्ययन गर्ने ।

मेयरमा कांग्रेसका उपेन्द्र कार्कीले ११ हजार ३ सय २२ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गर्नु भएको थियो ।

उपमेयरमा एमालेकी थापाले ९ हजार ८७५ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईं ५ हजार ४२२ मत प्राप्त गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -