काठमाडौं, आइतबार, ८ जेठ २०७९ । काठमाडौं महानगरपालिका-३१ को वडाअध्यक्षमा नेकपा (एमाले) का सरोज ढकाल विजयी हुनु भएको छ । उहाँले चार हजार ७६७ मत प्राप्त गर्नुभएको हो ।
निर्वाचन अधिकृतको कार्यालय अनुसार ढकालका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रवीन्द्रविक्रम राणाले दुई हजार ९९१ मत ल्याउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का राजेश जोशीले ६४६, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद अधिकारीले ५८५ र जनता समाजवादी पार्टीका लालबहादुर बुढाथोकीले २७ मत ल्याउनुभएको छ ।
महिला सदस्यमा एमालेकी अप्सरा सन्जेल, दलित महिला सदस्यमा सान्नानी मिजार र सदस्यद्वयमा काँग्रेसका अशोक के.सी. खत्री र एमालेकी हुमादेवी आचार्य निर्वाचित हुनुभएको छ ।








































