Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४८:३४ बिहान
- ADVERTISEMENT -

राष्ट्रपति भण्डारीसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

प्रकाशित मिति: २०७५ फागुन २१, मंगलबार

1990
Shares

काठमाडौं, २१ फागुन २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा प्रमुख आयुक्त यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्तले आव २०७४/७५ मा आयोगबाट सम्पादित प्रमुख कार्यबारे जानकारी दिनुभएको थियो ।

आव २०७४/०७५ मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएको तथा निर्वाचनसँग सम्बन्धित ऐन र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभएका अवस्थामा प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, राष्ट्रियसभा सदस्यको निर्वाचन एवं ७७ वटै जिल्ला समन्वय समितिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको विवरण राष्ट्रपतिसमक्ष प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन व्यवस्थापनका लािग सामान्यतः १२० दिनको अवधि आवश्यक पर्ने भए तापनि ८२ दिनमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सफल भएको आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति सम्पूर्ण सरोकार पक्षको सहयोगमा अहोरात्र खटिएर सबै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र निर्वाचनबाट ३८ हजार ५०० जनप्रतिनिधि निर्वाचित भएको आयोगले जनाएको छ । यसबीचमा तीन वटै तहका सरकार सञ्चालनमा आएको र सङ्घीयताको पूर्ण कार्यान्वयन भई मुलुक समृद्धिको दिशामा अघि बढेको प्रतिवेदनमा समेटिएको छ ।

राष्ट्रपतिले प्रस्तुत प्रतिवेदन प्रधानमन्त्री कार्यालयमार्फत ससंदमा पठाइने बताउँदै निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको र नेपालको संविधानमा व्यवस्था भएबमोजिमका निर्वाचन तोकिएको समयमा सफलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिनुभएको आयोगले जनाएको छ ।

सो अवसरमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल, सुधीरकुमार शाह, निमित्त सचिव शङ्करप्रसाद खरेललगायत अन्य कर्मचारीको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -