गोरखा, शनिबार, ८ जेठ २०७९ । गोरखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फवाट मेयर पदको उम्मेदवार राजन राज पन्तले आफु मेयरमा पराजित भएपछि आफ्ना सम्पुर्ण मतदाता शुभचिन्तक र सहयोगीमा हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्नु भएको छ ।
मेरो ५ बर्षे कार्यकालमा गोरखा नगरमा सुरु भएको बिकास निर्माण, समृद्धीको यात्रा, सुशासन र समग्र नगरबासीको हित साथै बिकशित नगर बनाउने महाअभियानलाई निरन्तरता दिँदै लक्ष्यमा पु¥याउन सफल हुनुहुनेछ भन्ने शुभकामना समेत ब्यक्त गर्दै पहिलो स्थानीय सरकारका रुपमा गोरखा नगरमा बसालेको जगमा इट्टा थप्ने कार्यमा आफ्नो ठाउँबाट म निरन्तर भुमिका खेल्न तत्पर रहने बताउनु भयो ।
उहाँले सामाजिक संजाल फेसबुक मार्फत लेख्नुहुन्छ :
आदरणिय गोरखा नगरवासी, मतदाता तथा शुभचिन्तक बुवा, आमा, दिदीबहिनी, दाजुभाइहरु,
निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । लोकतन्त्रलाई मजबुत बनाउने सुन्दर पक्ष पनि हो । गत बैशाख ३० गते सम्पन्न निर्वाचन मार्फत यस अभियानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्नुहुने सबैमा आभार ब्यक्त गर्न चाहान्छु ।
२०४७ सालबाट सुरु भएको मेरो राजनीतिक र सामाजिक यात्रा हालसम्म अविचलित रुपमा मेरो विवेक र क्षमताले भ्याएसम्म निरन्तरता दिईरहेको थिएँ, छु र हुनेछु । म हिजोपनि तपाईहरुको सेवकका रुपमा कार्यरत थिए, आजपनि छु र भोलीका दिनमापनि प्रतिवद्ध नै छु ।
निर्वाचनमा हारजित स्वभाबिक प्रक्रिया नै हो । चुनावी मत परिणामबाट म पराजित भएको छु तर मैले तपाईहरुको मन जित्न सफल भएको छु । यस परिणामलाई लिएर कोहिपनि विचलित नहुन पनि म सबै नगरवासी, शुभचिन्तक र पार्टीका नेता कार्यकर्ताहरुमा अनुरोध गर्दछु ।
गोरखा नगरपालिकाको मेयरमा विजयी हुनुभएका मेरो प्रतिस्प्रर्धि कृष्ण राना मगर, उपमेयरमा नेपाली काँग्रेस की मसलीमाया थोकर (सपना पुन) सहित सम्पूर्ण वडाध्यक्ष र नगरसभाका सदस्य ज्यूलाई हार्दिक बधाई साथै शुभकामना ब्यक्त गर्दछु । मेरो ५ बर्षे कार्यकालमा गोरखा नगरमा सुरु भएको बिकास निर्माण, समृद्धीको यात्रा, सुशासन र समग्र नगरबासीको हित साथै बिकशित नगर बनाउने महाअभियानलाई निरन्तरता दिँदै लक्ष्यमा पु¥याउन सफल हुनुहुनेछ भन्ने शुभकामना समेत ब्यक्त गर्दछु । पहिलो स्थानीय सरकारका रुपमा गोरखा नगरमा बसालेको जगमा इट्टा थप्ने कार्यमा आफ्नो ठाउँबाट म निरन्तर भुमिका खेल्न तत्पर रहनेछु ।
अन्त्यमा, निर्वाचन ब्यवस्थित र भयरहित रुपमा सम्पन्न गराउन खटिनुभएका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज, मतदाता सबैलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचनको दौरानमा म र मेरो टिमको लागि अहोरात्र खटिनुभएका सबै शुभचिन्तक र समर्थकहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
म हमेसा तपाईहरु सँगै हुनेछु । साथै गोरखा नगरपालिका र जिल्लाभर बिभिन्न स्थानीय तहमा बिजयी जनप्रतिनिधिहरुप्रति पनि सफल कार्यकालको सुभकामना ब्यक्त गर्दछु ।
राजनराज पन्त
जय गोरखा, जय नेपाल,
२०७९ जेठ ४ बुधबार








































