गोरखा । गोरखाकाे धार्चे गाउँपालिका नेकपा माओवादी केन्द्रले जितेकाे छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सन्त बहादुर गुरुङलाई हराउदै माओवादीका लक्ष्मण गुरुङ्ग विजयी बनेका हुन् ।
त्यस्तै उपाध्यक्षमा पनि माओवादीकै सुनिला गुरुङ विजयी बनेकी छिन् । उनले कांग्रेसकै फुलमाया गुरुङलाई हराउदै विजयी बनेकी हुन् । तर निर्वाचन अधिकृतकाे कार्यालयले हालसम्म नतिजा भने सार्वजानिक गरेकाे छैन ।
पराजित कांग्रेसका दुवै उम्मेदवार यस अघिका अध्यक्ष, उपाध्यक्ष हुन ।








































