काठमाडौं, २ जेठ २०७९ । नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।
नागार्जुन वडा नं १ को सम्पन्न मगतगणनामा कांग्रेसका वडाध्यक्ष उम्मेदवार रामेश्वर लामा ठूलो मतान्तरसहित विजयी भएका हुन् ।
लामाले १३७३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामचन्द्र लामाले ६३२ मत प्राप्त गरेका छन्।
वडा नं १ मा वडाध्यक्ष रामेश्वर लामा सहित नेपाली कांग्रेसबाट नै सबिता सुनार,योगेन्द्र चित्रकार र रामप्रसाद खनाल गरी ३ जना वडा सदस्यमा विजयी भएका छन् भने नेकपा एमालेबाट शान्ता लामा विजयी भएकी छिन् ।








































